You are viewing the translated version of स्टार्टअप उच्चम दर्ता तथा सञ्चालन.

Rule 15A
स्टार्टअप उच्चम दर्ता तथा सञ्चालन
(१) ऐनको दफा '४क. बमोजिम स्टार्टअप उद्यम दर्ता गर्न चाहने फर्म वा कम्पनीले देहायका कागजात तथा विवरण सहित उद्योग दर्ता गर्ने निकायमा अनुसूची-१७क. बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-

(क) नियम (३) को उपनियम (१) बमोजिमका कागजात र विवरण,

(ख) सञ्चालनमा रहेको फर्म वा कम्पनीको हकमा अघिल्लो आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन वा सञ्चालनमा नरहेको फर्म वा कम्पनीको हकमा वित्तीय अवस्था देखिने विवरण,

(ग) वस्तु वा सेवाको उत्पादनमा नवीन सोच र प्रविधिको प्रयोग सम्बन्धी स्वःघोषणा ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा ऐनको दफा ४क. बमोजिमको स्टार्टअप उद्यमको रूपमा दर्ता गर्न उपयुक्त देखिएमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो स्टार्टअप उद्यम दर्ता गरी अनुसूची- १७ख. बमोजिमको ढाँचामा स्टार्टअप उच्चम दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम दर्ता भएको स्टार्टअप उद्यमको उद्योग दर्ता गर्ने निकायले एकीकृत सूची बनाई अभिलेख राख्नु पर्नेछ।

(४) उपनियम (२) बमोजिम दर्ता भएको स्टार्टअप उच्चमले एक वर्षभित्र उच्चम सञ्चालन गरी उद्योग दर्ता गर्ने निकायमा सोको जानकारी दिनु पर्नेछ।